हेटौंडा।
हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयमा लफडा भएको छ ।
अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय राजनैतिक दलले वडा कार्यालयमा तालाबन्दी गरेका छन् साथै उनीहरुले वडा अध्यक्ष श्रेष्ठ बस्ने कुर्सी सडकमा ल्याएर प्रर्दशन गरेका छन् । सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने, दिनभर काम नगरेर अन्यत्र जाने, काम भएको बापत एमालेको सदस्यता लिनुपर्ने जस्ता गतिविधि गरेपछि बाध्य भएर आन्दोलन गर्न परेको नेपाली कांग्रेस हेटौंडा–८ का सभापति भुपेन्द्र कोइरालाले जानकारी दिएका छन।
यसअघि नै पदिय मर्यादा कायम राखेर काम गर्न र पक्षपात नगर्न सुझाव दिएपनि अटेर गरेका ले आफुहरु आन्दोलनमा उत्रिएका दलको भनाई रहेको छ । उनीहरुले वडाध्यक्ष श्रेष्ठ चुनाव केन्द्रित भोट संकलन साथै पैसा कमाउने अभियानमा लागेको आरोप पनि लगाएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी साथै जनता समाजवादी पार्टीका नेता लगायत कार्यकर्ताहरुले,(अध्यक्ष श्रेष्ठले )व्यवहार नसुधारे कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।