सामुदायिक विद्यालयलाई चैत ३० गते भित्र PMT फाराम भरेर अपलोड गर्न अनुरोध (सूचनासहित)

Image

काठमाडौं ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र,समावेशी शाखाले सामुदायिक विद्यालयलाई सम्बोधन गरेर शुक्रबार पत्र लेख्दै विपन्न लक्षित छात्रवृत्ति भर्ने भराउने सम्बन्धमा अनुरोध गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा सामुदायिक विद्यालयका माध्यमिक तह (कक्षा ९–१२) मा अध्ययनरत विद्यार्थीहरूलाई विपन्न लक्षित छात्रवृत्ति दिने प्रयोजनका लागि ८ र १० मा अध्ययनरत विद्यार्थीहरूले पीएमटी फाराम भर्न तथा सम्बन्धित विद्यालयहरूले भराउने मिति गत फागुन १ गतेको गोरखापत्रमा सूचना प्रकाशित गरिएको केन्द्रको समावेशी शाखा अधिकृत मनुजा बरालले जनाएकी छन् ।

पीएमटी फाराम भरेका र फाराम भर्न बाँकी विद्यार्थी तथा विद्यालयहरूले देहायबमोजिम गर्न गराउन केन्द्रले अनुरोध गरेको छ । पीएमटी फाराम चैत १ देखि ३० गतेभित्र अपलोड गर्नुपर्ने जनाउँदै शाखाले निर्धारित म्यादभन्दा पछि अपलोड भएका फारामहरू मान्य नहुने बताएको छ।