शिक्षक र विद्यालय कर्मचारीको तलबबारे केन्द्रले स्थानीय तहलाई पठायो यस्तो पत्र (पत्रसहित)

Image

काठमाडौं ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, योजना तथा अनुगमन शाखाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक), शिक्षक र विद्यालय कर्मचारी (परिचर र लेखापाल) को नपुग तलबभत्ताबारे स्थानीय तहलाइ पत्र पठाएकाे छ ।

थप बजेट व्यवस्थाका लागि शाखामा हालसम्म माग भइ आएको स्थानीय तहको विवरण पनि सार्वजनिक गरिएकाे छ ।

शाखा अधिकृत रामप्रसाद शर्माले संलग्न सूची बाहेकका स्थानीय तहमा यस वर्ष वृद्धि भएको तलबसमेत हिवास गर्दा चालु आर्थिक वर्षमा विनियोजित बजेटले नपुग हुने भएमा कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८/०७९ को अनुसूची १ को ढाँचा अनुसार शिक्षक तलब र बालविकास/विद्यालय कर्मचारी अनुदान शीर्षकमा छुट्टाछुट्टै विवरण तयारी गरी स्थानीय तहले मिति २०७८/१२/११ गतेभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा र शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृत दरवन्दी र बजेट हिसाव रूजु गरी जिल्लाको सबै स्थानीय तहहरूको एकीकृत विवरण तयार गरी मिति २०७८/१२/१५ गतेभित्र योजना तथा अनुगमन शाखाको इमेल ठेगाना (पत्रमा उल्लेख छ) मा पठाइदिन अनुरोध गरेका छन् ।

यो निर्णय २०७८/१२/६ गते भएको शर्माको भनाइ छ । यस अगाडि पेश गरिसकेका स्थानीय तहबाट तलब/अनुदान हिसाव गर्दा चालु आवमा वृद्धि भएको बजेट हिसाव भए/नभए सो अनुसार हिसाव गरी पुनः पेश गर्न शर्माले अनुरोध गरेका छन् ।

हेर्नुहाेस् सूचना