डडेल्धुरा ।
डडेल्धुराको परशुराम नगरपालिकाभित्रका सामुदायिक विद्यालय पाँच दिन बन्द हुने भएका छन्। शिक्षक सेवा आयोगको परिक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
यहीँ चैत्र १४ गतेदेखि १८ गतेसम्म विद्यालयहरू बन्द हुने प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुद्वारा हस्तक्षरित सूचनामा भनिएको छ। यो पाँच दिनको बिदालाई अगामी शैक्षिक सत्रको बिदाबाट कट्टा गरिनेसमेत सूचनामा उल्लेख छ।
कोरोनाले लामो समय बन्द विद्यालय सञ्चालन भएको केही समयमै फेरी बन्द भएपछि विद्यार्थी पढाइमा भने समस्या हुने भन्दै निराश भएका छन्।