लूनिभा: डडेलधुराद्वारा ३ दिने क्षमता अभिवृद्धि तथा सवलीकरण तालिम सम्पन्न

Image

डडेलधुरा ।

लूनिभा: बाल सरोकार समूह डडेलधुराद्वारा बाल क्लब सदस्यहरुका लागि क्षमता अभिवृद्धि तथा सवलीकरण तालिम आज सम्पन्न भएको छ ।लूनिभा: बाल सरोकार समूह डडेलधुराद्वारा आयोजित ३ दिने तालिम रातो गुराँस रिसोर्ट डडेल्धुरामा सम्पन्न भएको हो ।

चैत्र १५ देखि १७ गतेसम्म संचालित तालिम २७ जना बाल क्लबका प्रतिनिधि सदस्यहरुको सहभागिता रहेको थियो । उक्त तालिम बाल अधिकार अभियान्ता किरण थापाले सहजीकरण गरेका थिए ।

बालबालिकाको नेतृत्व बिकास, ब्याक्तित्व बिकास, बाल अधिकार र कर्तव्य, बाल सहभागिता , बाल क्लबको काम कर्तव्य, अधिकार र जिम्मेवारी साथै कोभिड १९ ले बालबालिकामा परेको मनोबैज्ञानिक असर जस्ता विभिन्न विषयबस्तुमा रहेर तालिम सम्पन्न भएको लूनिभा: बाल सरोकार समुहका जिल्ला कार्यक्रम संयोजक भुवन बिस्टले जानकारी दिए ।

उक्त कार्यक्रममा लुनिभा बाल सरोकार समुहका कार्यक्रम संयोजक कृष्ण गोबिन्द महर्जनको अध्यक्षतामा रहेका थियो भने शिक्षा बिकास तथा समन्वय इकाइ डडेल्धुराका इकाइ प्रमुख नारद प्रसाद जोशीको प्रमुख आतिथ्यतामा र गन्यापधुरा गाउँपालिका शिक्षा शाखा प्रमुख तस्बिर सिह घटालको र लूनिभाका कार्यकारी निर्देशक नरेन्द्र डंगोलको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । यस्तै लूनिभा: बाल सरोकार समूह डडेलधुराले बालबालिका सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।