हेटौंडा ।
सुख्खायाममा हुने वन डढेलो लाग्न बाट जोगाउन हेटौंडा ७ को न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरु एकजुट भएका छन् । अन्य वन समुहमा लागेको डढेलो आफ्नो समुहको वनमा आउन नदिन न्युरेनी चिसापानीका उपभोक्ता अग्नि रेखा बनाउने काममा जुटेका हुन्।
वन जोगाउन बच्चादेखि वृद्धसम्म जुटेका छन् । बर्सेनि हेटौंडा ५ को पिप्लेपोखरा वन क्षेत्रबाट फैलिने डडेलोले हैरानी खेप्दै आएको न्युरेनी वनले डडेलोको समस्या सुरुहुनुअघीनै वन सिमाक्षेत्रमा अग्निरेखा बनाउन थालेका हुन् ।
सुख्खायाममा रुखका पात सुकेर झर्ने र डडेलो लाग्ने भएकोले डडेलो एक क्षेत्रबाट अर्को वन क्षेत्रमा नआओस भन्ने हेतुले सिमाक्षेत्रमा सरसफाइ कार्य गरेको समुहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीले बताए ।
कान्तिलोकपथमा जोडिएको पश्चिम सिमारेखाबाट सुरु गरिएको अग्निरेखा निर्माणकार्य मकवानपुरगढीको कालिखोला सिमासम्म लैजाने र पुर्वी सिमा रानी वनक्षेत्रमा पनि चाडै नै अग्निरेखा निर्माण गरिने समुहका उपाध्यक्ष रामचन्द्र अधिकारीले बताएका छन्।