बैतडीको पुर्चौंडीमा कांग्रेसबाट यी चारजना उपमेयर पदमा आकांक्षी

Image

बैतडी ।

नेपाली कांग्रेसले केही वडामा सर्वसम्मत उम्मेद्वार छनौट गरेको छ । यस्तै पुर्चौंडी नगरपालिकामा दीपकबहादुर बमलाई मेयर पदको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।

पुर्चौंडी उपमेयर पदका लागि भने चार जना आकांक्षी देखिएका छन् । करिश्मा भुल सार्की, पुनम पाल बम, मीना धानुक र बाग्मती ऐरले उपमेयर पदका लागि आकांक्षा राखेको नेपाली कांग्रेसका एक जना प्रतिनिधिले बताए । उपमेयर पदका लागि आकांक्षा राखेका चारैजनाबीच छलफल गरेर सहमतिको प्रयास गरिरहेको समेत उनजे बताए ।

यही चैत २२ गतेभित्र सकेसम्म सहमतिमै उपमेयरको पदको उम्मेद्वार पनि टुंगो लगाउने नेपाली कांग्रेस पुर्चौंडी नगरकार्य समितिले जनाएको छ । सत्तागठबन्धन दलहरुले स्थानीय तहको चुनावमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेपनि कांग्रेसले पुर्चौंडी चुनावी तालमेल नगर्ने बताएको छ ।