Khabar Board

देउवाको गृह जिल्लामा राष्ट्रिय जनमोर्चासहित पाँच दलिय गठबन्धनबाटै जाने सहमति

डडेल्धुरा ।

डडेल्धुरामा सत्ता गठबन्धनमा रहेका दलहरूले चुनावी तालमेलमा जाने निर्णय गरेका छन्।

आइतबार डडेल्धुराको तुफानडाँडास्थित नेपाली कांग्रेसको सम्पर्क पार्टी कार्यालयमा बसेको गठबन्धन बैठकले चुनावी तालमेलविरुद्ध अभिव्यक्ति पनि नदिने निर्णय गरेको छ।

चुनावी तालमेलबारे छलफल गर्न बसेको गठबन्धनमा आवद्ध दलहरूको बैठकले गठबन्धनलाई प्रभाव पार्ने अभिव्यक्ति कसैले नदिने सर्वसम्मत निर्णय गरिएको राष्ट्रिय जनमोर्चाका जिल्ला सहसचिव टंक अवस्थीले जानकारी दिए।

उनले स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै केन्द्रमा सत्ता गठबन्धनले गरेको निर्णयको स्वागत गर्दै निरन्तर छलफल गर्ने निर्णय पनि गरिएको बताए।

‘स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै सत्ता गठबन्धन केन्द्रको निर्णयलाई कायम राख्न निरन्तर छलफल गर्ने निर्णय गरियो,’ सहसचिव अवस्थीका अनुसार निर्णयमा भनिएको छ, ‘गठबन्धनलाई प्रभाव पार्ने किसिमका अभिव्यक्ति समेत कसैले अभिव्यक्त नगर्ने निर्णय सर्वसम्मतिबाट निर्णय गरियो।’

कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति डिल्लीराज जोशीको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेशप्रसाद भट्ट, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तुलाराम बोहरा, जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष लक्ष्मीकान्त पनेरू र राष्ट्रिय जनमोर्चाका जिल्ला सहसचिव टंकप्रसाद अवस्थी सहभागी थिए।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.