कांग्रेसबाट बैतडीको पाटनमा मेयर पदका लागी यी १३ जना आकांक्षी, उपमेयरमा पाँच जना

Image

बैतडी ।

बैतडीको पाटन नगरपालिकाको मेयरका पदका लागि कांग्रेसबाट १३ जना आकांक्षी देखिएका छन् । मेयर पदका लागि भन्दै १३ जनाले आकांक्षा देखाएको नेपाली कांग्रेस पाटन नगरपालिका वाड न. ८ का वाड अध्यक्ष पृथ्वीराज पन्तले बताए ।

नगर प्रमुख पदका आकांक्षीहरुबीच छलफल गरेर सहमतिमै उम्मेद्वारको टुंगो लगाउने उनको दाबी छ । यद्यपि पाटनमा गठबन्धन गर्ने तयारी समेत भईरहेको छ । तर ठोस निर्णय भने भईसकेको छैन् ।

कांग्रेसबाट नगर सभापति मानबहादुर ऐर, पूर्व क्षेत्रीय सभापति गौरीसिंह रावल, प्रदेश क्षेत्रीय सभापति विष्णु भट्ट, पूर्व उपसभापति विष्णुदत्त जोशी, जयसिंह बिष्ट,नेविसंघ अध्यक्ष कपील केसी र पृथ्वीराज पन्तले मेयर पदमा आकांक्षा देखाएका छन् ।

यस्तै प्रेमराज पन्त, ईश्वरदत्त पन्त, धनबीर कुँवर, रमेश कोली, पूर्व जिल्ला कोषाध्यक्ष रमेश पाण्डेय र वसन्त बिष्टले पनि मेयर पदमा आकांक्षा देखाएका छन् । गएको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाट १३ जना मेयर पदका लागि आकांक्षी रहेका थिए ।

यस्तै उपमेयर पदका लागि कांग्रेसबाटै ५ जना आकांक्षी देखिएका छन् । वर्तमान उपप्रमुख सरस्वती कोली, सरस्वती जोशी, जयन्ती कुँवर भण्डारी, जानकी भट्ट र कृष्णा चन्दले उपमेयर पदका लागि आकांक्षा राखेको अध्यक्ष पन्तले बताए ।