Khabar Board
Flash logo up side
Nirbachan aayog

बागमती प्रदेशको राजधानीमा रहेको हेटौंडा अस्पताल लाई रिफर सेन्टर बनाउने प्रदेश सरकारको खेल

Nirbachan m

हेटौँडा ।

 

बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको एककमात्र सरकारी अस्पतालको रुपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा प्रदेश सरकारको कुदृष्टि परेको छ । प्रतिष्ठानको मातहतमा शिक्षण अस्पतालको रुपमा विकास गर्दै अगाडि बढाइरहेको अस्पताललाई प्रतिष्ठानबाट अलग बनाउँदै पहिल्यैका्े अवस्थामा ल्याउने प्रयास बागमती प्रदेश सरकारले सदन छलेर अध्यादेश ल्याउने निर्णय गरेसँगै मकवानपुरेको आफ्नै जिल्लामा उत्कृष्ट स्वास्थ्य सेवा पाउने सपनालाई समेत कुल्चने प्रयास भएको छ ।

 

रिफर अस्पताल भयो भन्ने जनगुनासोलाई मध्यनजर गर्दै तत्कालिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको नेतृत्वमा हेटौँडा अस्पताललाई प्रतिष्ठानको मातहतमा  धेरै बिकास साथै सेवासुविधा समेत रहेको छ। ५० बेर्डबाट ३ सय बेर्डमा लगिएको अस्पताललाई केहि समयभित्रनै सुविधासम्पन्न ५ सय बेड सहित देशकै उत्कृष्ट शिक्षण अस्पतालको रुपमा बनाउने योजनालाई  अहिले प्रदेश सरकारको अध्यादेशले विफल तुल्याउने संभावना बढेको छ ।

 

नेकपा एमाले नेतृत्वको सरकारले गरेको र गर्न खोजेका उत्कृष्ट कामहरुलाई अन्त्य गर्न लागिपरेका बर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डेको आदेशमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश ल्याएसँगै राजनीतिक प्रतिशोधका कारण जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने हक अधिकारलाई कुल्चने प्रयास भएको हो । सरकारले प्रतिष्ठान अन्र्तगत भैरहेका शिक्षण कार्यक्रमलाई समेत भरतपुर लैजाने तयारी गरेको छ । जसको कारण मकवानपुर स्वास्थ्य क्षेत्रमा पछि पर्ने देखिएको छ ।
प्रतिष्ठानले अस्पतालमा आइसीयु, एचडीयु सेवा पनि सञ्चालन गरेको थियो ।

 

कोरोनाको महामारीमा सयौं बिरामीलाई आइसीयुमा र एचडीयुमा राखेर उपचारको व्यवस्था गरिएको थियो । तर अहिले प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले हेटौंडा अस्पताललाई रिफर अस्पताल बनाउने खेल सुरु गर्नु भएको छ । राजनीतिक प्रतिसोधका कारण पाण्डेले हेटौंडामानै चिकित्सा शिक्षा अध्यापन गर्ने र अध्यापन गर्ने डाक्टरहरुलाई हेटौंडा अस्पतालमा प्राक्टिकल गर्नका लागि सहज हुने विषयलाई थप समस्यामा पारेको छ ।

 

 

एमालेको सरकारका पालाका कानूनलाई उल्टाउनुपर्छ भनेर अघि बढदा यहाँको स्वास्थ्यलाई कमजोर बनाइएको हो । टिचिङ अस्पतालको रुपमा विकास हुँदै गएको हेटौंडा अस्पताललाई प्रदेश सरकारले कमजोर बनाउन लागिएकोमा मकवानपुरका धेरै नागरिकले बिरोध गरेका छन् साथै राजधानी भएसंगै हेटौंडामा अस्पताल पनि सुबिधा सम्पन्न हुने र उपचारका लागि बाहिर अस्पताल जाने समस्या समाधान हून्छ भन्ने आशा राखेका मकवानपुर बासि हरूमा निरासा साथै बाहिर अस्पताल जाने समस्या कहिले अन्त्य हुने ?भन्ने गुनासो रहेको छ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.