Khabar Board
Flash logo up side
Nirbachan aayog

प्रदेश अध्यक्ष दामोदर भण्डारी भने गठबन्धनसंग एमाले एक्लै भिड्न तयार छ !

Nirbachan m

बैतडी ।

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारीले सत्ता गठबन्धनसंग आगामी निर्वाचनमा एमाले एक्लै भिड्न तयार रहेको बताएका छन् । एमालेले बुधबार पाटन नगरपालिका ९ मा आयोजना गरेको चुनावी आमसभामा बोल्दै अध्यक्ष भण्डारीले जस्तोसुकै गठबन्धन आएपनि एमालेले जित्ने दाबी गरे ।

अहिले परमादेशी सरकारले महंगी बढाउनु बाहेक केही काम नगरेकाले यो सरकार चाँडै ढल्ने उनले बताए । उनले भने ‘हामी निर्वाचनमा मार्फत ठूलो पार्टी भएर आउछौं । नागरिकले हामीलाई मत दिन्छन् ।’

Panacea Education

चुनावी सभालाई सम्बोधन गर्दै भण्डारीले स्वतन्त्र र निष्पक्ष भएर आगामी चुनावमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरे । उनले भने ‘विचारको राजनीतिमा एमाले अगाडि छ । देशलाई समृद्धिको बाटोमा लैजान एमालेलाई भोट दिन आग्रह गर्दछु ।’

स्थानीय तहको चुनाव नजिक आएका बेला सम्पन्न भएको चुनावी सभामा एमालेका नेता कार्यकर्ताहरुको सहभागिता रहेको एमाले बैतडीका प्रकाशन तथा प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.