हेटौंडा ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा सामुदायिक स्वास्थ्य इकाईको हिजो बिहीवार नवनिर्मित भवनको उद्घाटन भएको छ । मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, ३ नम्बर वडाका वडा अध्यक्ष भागवत घिमिरे स्थनिय बासिन्दा साथै पत्रकार राजनीतिक दल एवम् विभिन्न संघ संस्थाका प्रतिनिधिहरु को उपस्थिति रहेको थियो संघीय सरकार अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०७७ र०७८ को बजेटबाट करिब २१ लाख रुपैयाँको लागानी मा ४ कोठे भवन निर्माण गरिएको हो ।
नवनिर्मित भवनको उद्घाटन भए संगै अब ३ नम्बर वडाका स्थानिय बासिले ओ पि डि सेवा , गर्भवति जाँच सेवा, सुत्केरी जाँच, नवजात शिशु तथा बाल रोग सेवा ,घाउ चिरफार सेवा (ड्रेसिङ) गांउघर किल्निक सेवा , खोप किल्निक सेवा साथै नाक कान घाटि चेक जाँच सेवा लिन सकिने छ भनि स्वास्थ्य ईकाई प्रमुख उमेश अधिकारिले जानकारि दिनु भयो । यस सामुदायिक स्वास्थ्य इकाईमा ६ जना कार्यरत रहेको र ३ जना अनमि १ जना रोमिङ अनमि र एक जना कार्यालय सहयोगि रहेका छन् ।