बागमती ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन र अनुसन्धान साथै अध्यापनका लागि बागमती प्रदेशले उच्च शैक्षिक संस्थाहरू स्थापना गर्ने बताउनुभयो ।
सोमबार काठमाडौंमा जारी स्वास्थ्य वैज्ञानिकहरूको आठौं सम्मेलनमा मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक पास गरिसकेको र त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने तथा विज्ञान प्रविधि अध्यापन गराउने विश्वविद्यालयहरू स्थापना गर्ने बताएका छन् ।
मुख्यमन्त्री पाण्डेले विज्ञान प्रविधि सम्बन्धमा अनुसन्धानको कार्यलाई अघि बढाउन नगद प्रवर्द्धन कार्यक्रमअन्तर्गत नीति पास गरेको र सोही नीतिको आधारमा छुट्टै ऐन बनाएर बागमती प्रदेश अनुसन्धानका क्षेत्रमा अघि बढ्ने बताएका छन् ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य क्षेत्रलाई सुदृढ साथै प्रभावकारी बनाउन ठोस तथा अनुसन्धानका कार्यहरुलाई निरन्तर अघि बढाउँदै लैजान आवश्यक रहेको बताएका छन् ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन् । अहिले देशमा विदेशी मुद्राको सञ्चिति घटिरहेको भन्दै यसतर्फ सरकार सचेत हुनुपर्नेमा उनले ध्यानाकर्षण पनि गराएका छन् ।