हेटौंडा ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा सत्ता साझेदार ५ दलीय गठबन्धन सहमति नजिक पुगेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको थियो। बैठकमा बागमती प्रदेशका १ सय १९ पालिका र एक हजार एक सय २१ वडामा नै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको ५ दलीय गठबन्धन संयन्त्रका सचिव राजु नेपालले बताएका छन् ।
आईतबार र सोमबार दुईदिन काठमाडौंमा बसेको गठबन्धनको बैठकमा बागमती प्रदेशका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी प्रमूख को लगायत को उपस्थिति रहेको थियो ।
यसअघि बागमती प्रदेशका ५ दलीय गठबन्धनले आआफ्नो दलमा पालिका र वडामा मतको विश्लेषण र प्रतिवेदन बुझाउन मातहतका निकायलाई निर्देशन दिईसकेका छन् भने बागमती प्रदेश गठबन्धनले पनि तत्कालै साझा सहमति गरेर केन्द्रमा प्रतिवेदन बुझाउने तयाररहेको सचिव नेपालले बताएका छन् ।