बैतडी ।
बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ७ मा नेकपा माओवदी केन्द्रबाट उज्जल सिह सावदको उम्मेद्वारी चयन भएको छ । साँउदको सर्ब सहमतीबाट उम्मेद्वारी चयन भएको हो ।
गत स्थानिय तहको चुनावमा पनि १६ मतले मात्रै पराजित भएका साँउदलाई बलियो उम्मेद्वारको रुपमा हेरिएको छ । यसैगरी सदस्यमा देब बहादुर ऐर, गणेश सार्की र खुल्ला महिला सदस्यमा पार्वती बिष्टलाई उम्मेद्वार बनाउने सहमती भएको छ ।
दलित महिला सदस्यको टुङ्गो लाग्न बाकी रहेको छ भने पुर्चाैडीमा नगर प्रमुख पदमा युवा नेता बिक्रम कुवँर प्रतिक नगर प्रमुख पदका उम्मेद्वार छन् ।