बैतडी ।
बैतडीको पाटन नगरपालिका सत्ता गठबन्धनका दलहरुले मेयर र उपमेयरमा तालमेल गर्ने भएका छन् । २० ७४ मा काग्रेसले जितेको नगरपालिका मेयर नेपाली काग्रेसकै गौरीसिह रावल र उपमेयरमा माओवादी केन्द्रका कमल बोहरा साझा उम्मेदवार हुने भएका छन् ।
आईतबार पाटनमा सम्पन्न गठबन्धनको बैठकले नगरपालिकाको मेयर र उपमेयरमा सहमती गरेका हुन् । वडाअध्यक्षमा भने एक्ला एक्लौ लड्ने माओवादी नगरकमटी अध्यक्ष तर्क ठगुन्नाले बताए ।
पाली कांग्रेस बैतडीले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारको टुंगो लगाएको छ । नेपाली कांग्रेसको जिल्ला संसदीय बोर्डले उम्मेदवारको टुंगो लगाएको नेपाली कांग्रेसका कार्यालय सचिव अनिल बिष्टले बताए ।
सुर्नया गाउँपालिकाको अध्यक्षमा गजेन्द्रबहादुर चन्द र उपाध्यक्षमा मञ्जु बोहरा, सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी र उपाध्यक्षमा सुमित्रा ऐर, शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउँदलाई उम्मेदवार बनाएको छ । शिवनाथको उपाध्यक्ष भने गठबन्धन दललाई दिइनेछ ।
यसैगरी पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेशसिंह भण्डारी र दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा देवराज जोशीलाई उम्मेदवार बनाएको छ । ती दुवै पालिकामा उपाध्यक्ष पद भने गठबन्धन दललाई दिइएको कांग्रेस बैतडीले जनाएको छ ।