बैतडी । सुदूरपश्चिम प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा बैतडीका डम्बर भट्ट उत्कृष्ट भएका छन् । प्रदेश युवा परिषदको आयोजनामा प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा जिल्लाको मेलौली नगरपालिका –२ का सलेनाका भट्ट प्रथम भएका हुन् ।
‘राज्यको निकायमा युवाको नेतृत्व’ शिर्षकमा भएको निबन्ध प्रतियोगितामा भट्ट उत्कृष्ट हुदै पुरुस्कारसहित ३५००० रुपैँयासहित प्रमाण प्राप्त गरेको प्रदेश युवा सञ्जालका उपाध्यक्ष विशाल भट्टले बताएका छन । द्धितिय अछामका निराजन कुँवर र तृतिय कैलालीका यमराज जोशी भएका उपाध्यक्ष भट्टले बताउनुभयो ।