बैतडी ।
बैतडीको प्रसिद्ध धार्मिक स्थल पत्ताल भुवनेश्वर धाममा वृक्षारोपण तथा सरसफाई गरिएको छ । सुर्नया बाल सञ्जाल र दशरथचन्द नगरपालिकाको बाल सञ्जालले पत्ताल भुवनेश्वर धाममा वृक्षारोपण तथा सरसफाई गरेको सुर्नया बाल सञ्जालका पूर्व अध्यक्ष विशाल भट्टले जानकारी दिए ।
बुधबार वास नेपाल र युथ भ्वाइसको सहकार्यमा पत्ताल भुवनेश्वर धाम परिसरमा सरसफाई गरेर वृक्षा रोपण गरिएको उनले बताए । उनका अनुसार परिसर भित्र करिब एक सय ओटा फलफूलका वृक्ष रोपण गरिएको छ । पर्यावरणलाई सफा राख्ने उदेश्यले सरसफाई तथा वृक्षा रोपण गरिएको बालबालिकाहरुले जनाएका छन् ।
यसअघी सुर्नया बाल सञ्जालले सुर्नया गाउँपालिकाको ८ ओटै वडाहरुमा सरसफाई तथा वृक्षा रोपण गरेको थियो । यसरि बालबालिकाहरुले सरसफाई र वृक्षा रोपणमा जुटेपछि समाजमा पर्यावरणलाई सफा राख्नु पर्छ भन्ने सन्देश प्रवाह भएको छ ।