हेटौंडा/ बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक पुनः निर्माणका लागि रकम उपलब्ध गराउने भएको गरेको छ ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले असोज ११ र १२ गते भएको अविरल वर्षाको कारण क्षति भएका सडक तथा पूर्वाधार पूनःनिर्माणका लागि १५ करोड २५ लाख रकम उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
हेटौंडा काठमाडौं सडक पूनः निर्माणका लागि ११ करोड २५ लाख उपलब्ध गराईने छ भने अन्य सडक तथा भौतिक संरचना पूनःनिर्माणका लागि ४ करोड रुपैयाँ निकासा दिने निर्णय गरिएको छ । उक्त रकम आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध र भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट व्यवस्थापन गर्ने निर्णय गरिएको लामिछानेले बताउनुभयो।
यस्तै बैठकले प्रदेश स्तरबाट ११ औं तहमा बढुवा भएका निरञ्जन श्रेष्ठलाई वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तालिम केन्द्रमा पदस्थापना गर्ने निर्णय गरे संगै संघबाट सरुवा भएर आएका सचिव बिरेन्द्रदेव भारतीलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको सचिवका रुपमा खटाईने निर्णय गरेको छ ।

















