बागमती प्रदेशले खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित

Image

हेटौंडा/ बागमती प्रदेशसभाले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ। यससँगै प्रदेशमा खेलाडी र खेलकुद विकासका एजेण्डाहरू अघि बढाउन युवा तथा खेलकुद मन्त्रालयलाई कानूनी सहजता प्राप्त भएको छ।
यस संशोधनपछि—
• खेलकुद परिषद्हरूको बैठक राख्न
• बजेट निर्माण तथा आकार बढाउन
• १० औं राष्ट्रिय खेलकुदको लागि बोर्ड बैठक राख्न
• खेलाडी र खेलकुद क्षेत्रको समग्र विकासका लागि आवश्यक कदम चाल्न
सहजता हुनेछ भन्ने युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन ले बताउनुभएको छ।
अन्य विधेयकहरूसमेत समितिमा पठाइयो
बैठकमा चार वटा संशोधन विधेयकहरू छलफलका लागि विभिन्न समितिमा पठाइएका छन्—
• मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन विधेयक,शिक्षा, स्वास्थ्य तथा कृषि समिति
• प्रदेश कृषि विकास सम्बन्धी विधेयक,शिक्षा, स्वास्थ्य तथा कृषि समित

प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ संशोधन विधेयक,उद्योग, पर्यटन तथा वातावरण समिति

• प्रदेश व्यापार तथा व्यवसाय ऐन २०७६ संशोधन विधेयक,उद्योग, पर्यटन तथा वातावरण समिति
प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख भुवन कुमार पाठक ले जानकारी दिनुभएको छ।