हेटौँडा / गृहमन्त्री रमेश लेखकले मुलुकलाई समृद्धि र सुशासनको यात्रामा अघि बढाउन वर्तमान सत्ता गठबन्धन आवश्यक रहेको बताउनुभएको छ।
मंगलबार हेटौँडामा सुरु भएको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को उद्घाटन गर्दै गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउनु सरकारको प्रमुख उद्देश्य रहेको उल्लेख गर्नुभयो।
यस्तै सरकार निजी क्षेत्रलाई समेट्दै लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको बताउनुभयो ।
निर्माण व्यवसायीहरुको भुक्तानी प्रक्रिया अघि बढिसकेको बताउँदै उहाँले व्यवसायीहरुलाई आफ्ना काम गुणस्तरीय र समयमा सम्पन्न गर्न आग्रह गर्नुभयो। साथै, निर्माण क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न सरकार आवश्यक सुरक्षा प्रबन्ध गर्न तयार रहेको उहाँको भनाइ रहेको थियो।
फागुन १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३५० वटा स्टल रहने छन्, जसमा निर्माण उपकरण, निर्माण सामग्री, औद्योगिक तथा स्थानीय उत्पादन, हस्तकला सामग्री लगायतका वस्तु प्रदर्शनीमा राखिनेछ।

















