Khabar Board
Flash logo up side
flash header

डडेलधुराको अमरगढीमा २ मेयर र १ उपमेयरका सहित १६ जनाले फिर्ता लिए उम्मेदवारी (सूचीसहित)

Nirbachan m

डडेल्धुरा ।

डडेल्धुराको अमरगढी नगरपालिकामा १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। दुई नगरप्रमुख र एक उपप्रमुखका गरी कूल १६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

स्वतन्त्रबाट मेयरका उम्मेदवारी दानबहादुर पाल र ललितबहादुर तमोलीले आफ्नो मनोनयन फिर्ता लिएका छन्। यसका साथै सरस्वती अवस्थी (स्वतन्त्र)ले पनि उपमेयरको उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतिको कार्यालय डडेल्धुराले जनाएको छ।

Center article

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुका लागि शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने समय थियो। दाबी, विरोध, उजुरीमाथि छानबिन गरी आयोगले हिजो उम्मेदवारको नामावली प्रकाशन गरेको थियो। स्थानीय निर्वाचनका लागि ११ र १२ गते मनोनयन दर्ता भएको थियो। निर्वाचन आयोगले भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्दैछ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.