Khabar Board
Flash logo up side
flash header

बैतडीको सुर्नयामा ४ सय ७० मत गन्दा कांग्रेसको अग्रता कायमै

Nirbachan m

बैतडी ।

स्थानीय तहको निर्वाचनमा बैतडीको सुर्नया गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । ४ सय ७० मतको परिणाम बाहिर आउँदा अध्यक्ष पदमा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्दले २९८, नेकपा एमालेका अम्मरबहादुर कुँवरले ६८ र एकीकृत समाजवादीका नरेन्द्र बिष्टले ३१ मत पाएका छन् ।

यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसका मञ्जु बोहराले १५७, नेकपा माओवादी केन्द्रका दिलाराम भट्टले ७५ र राप्रपाका देवबहादुर चन्दले ९७ मत प्राप्त गरेका निर्वाचन अधिकृत सिद्धराज जोशीले बताए ।

Center article

अहिले सम्म वडा नं १ को मात्रै मतगणना कार्य सम्पन्न भएको छ । अन्य वडाको मतगणना जारी रहेको बताइएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.