बैतडीको पाटन नगरपालिका वडा नं ४ को अध्यक्षमा एमालेका बिष्ट विजयी

Image

बैतडी ।

बैतडीको पाटन नगरपालिका वडा नं ४ को अध्यक्षमा नेकपा एमालेका दीपकसिंह बिष्ट विजयी भएका छन् । उनले ७३४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रबहादुर चन्दले ६५७ मत प्राप्त गरे ।

बिष्ट गएको स्थानीय तहको निर्वाचनमा पनि एमालेबाटै वडा अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै चार जना वडा सदस्यहरुमा दुई जना एमालेबाट र दुई जना नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् ।

बैतडी सुर्नया २ को अध्यक्षमा राप्रपाका विष्ट प्यानल सहित विजयी

बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा राप्रपाका उम्मेदवार विजयी भएका छन् । राप्रपाबाट गणेश बहादुर विष्ट ३ सय मत लिएर प्यानल सहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्रका उम्मेदवार हर्क पाण्डेले २ सय ३८ मत ल्याएका छन्। यस्तै नोपली काँग्रेसका कृष्ण बहादुर पाण्डेले१ सय ५० .माओवादीका पूर्ण बहादुुर विष्टले १ सय ५५ मत ल्याएका हुन् ।

यो वडामा एमाले र राप्रपाको चुनावी तालमेला भएको थियो । यो पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको वडा पनि हो । यो वडामा ७४ सालमा पनि राप्रपाले नै जितेको थियो ।