Khabar Board

बैतडीको सिगास गाउँपालिका वडा नं ७ को अध्यक्षमा कांग्रेसका साउँद विजयी

बैतडी ।

बैतडीको सिगास गाउँपालिका वडा नं ७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर साउँद विजयी भएका छन् । उनले २६७ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्णकुमार अवस्थीले १७१ मत ल्याए ।

वडा सदस्यमा भने दुई जना नेपाली कांग्रेस र दुई जना एमालेबाट निर्वाचित भएका छन् । सिगास गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसले अग्रता कायम राखेको हो ।

यो पनि :  दामोदर भण्डारीकै गृह वडा पाटन ६ मा कांग्रेसबाट बिष्ट प्यानल सहित विजयी

नेकपा एमालेका दामोदर भण्डारीकै गृह वडामा कांग्रेसबाट बिष्ट प्यानल सहित विजयी विजयी भएका छन् । बैतडीको पाटन नगरपालिका वडा नं ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्रसिंह बिष्ट विजयी भएका छन् ।

उनले १२१४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका लक्ष्मीदत्त भट्टले ७९० मत ल्याए । चार जना वडा सदस्य पनि नेपाली कांग्रेसकै विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.