बैतडी ।
नेकपा माओवादी केन्द्रले पनि बैतडीमा विजयी सुरुवात गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं १मा माओवादीका देवानी राम सार्की विजयी भएका हुन् ।
७७ मतले उनी विजयी भएका हुन् । उनी एमालेका प्रमल सिंह घटाललाइ पराजित गर्दै विजयी भएका हुन् । उनले ५ सय ३४ प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार घटालले ४ सय ४७ मत ल्याएका हुन् ।
यस्तै वडा सदस्यमा दुइ जना एमालेबाट र २ जना माओवादीबाट निर्वाचित भएका बताइएको छ ।