बैतडी ।
नेकपा एमाले प्रचार प्रसार प्रमुख र जिल्ला उपसचिव भण्डारीको वडामा गठबन्धन प्यानल सहित बिजय भएका छन् । बैतडीको पाटन नगरपालिका वडा नं ९ मा गठबन्धन विजयी भएको छ ।
एमालेका उम्मेदवार तथा नेकपा एमाले प्रचार प्रसार प्रमुख र जिल्ला उपसचिव लोकेन्द्र भण्डारीलाइ पराजित गर्दै गठबन्धन विजयी भएको हो । यो वडामा नेकपा माओवादीका कालु सिंह भाट ५६७ मत ल्याएर विजयी भएका छन् ।
कालु भाट यो वडामा प्यानल सहित विजयी भएका हुन् । लाकेन्द्र भण्डारीले ५२८ मत ल्याएका छन् । वडा सदस्यमा पनि गठबन्धनका प्रेम भाट, शंकर भट्ट, जयन्ती बिजले र बिमला टेलर वडा विजयी भएका हुन् । एमालेका उम्मेदवार लोकेन्द्र भण्डारी नगर प्रबता समेत रहेका थिए ।

















