बैतडी ।
बैतडीको पाटन नगरपालिका वडा नं ९ मा गठबन्धन विजयी भएको छ । एमालेका उम्मेदवार लोकेन्द्र भण्डारीलाइ पराजित गर्दै गठबन्धन विजयी भएको हो ।
यो वडामा नेकपा माओवादीका कालु सिंह भाट ५६७ मत ल्याएर विजयी भएका छन् । कालु भाट यो वडामा प्यानल सहित विजयी भएका हुन् । लाकेन्द्र भण्डारीले ५२८ मत ल्याएका छन् ।
यस्तै वडा सदस्यमा पनि गठबन्धनका प्रेम भाट, शंकर भट्ट, जयन्ती बिजले र बिमला टेलर विजयी भएका हुन् । नेकपा एमाले प्रचार प्रसार प्रमुख र जिल्ला उपसचिव रहेका एमालेका उम्मेदवार लोकेन्द्र भण्डारी नगर प्रबता समेत रहेका थिए ।
