Khabar Board
Flash logo up side
flash header

बाजुराका ३ पालिकामा २ दिनपछि मतगणना हुँदै

Nirbachan m

बाजुरा ।

बाजुराका ३ स्थानीय तहमा मतदान भएको २ दिनपछि मतगणना सुरु गरिएको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन सम्पन्न पश्चात आज हिमाली, जगन्नाथ गाउँपालिका र बडिमालिका नगरपालिकामा मतगणना सुरु गरिएको हो।

हिमाली गाउँपालिकामा मतपेटीकाको सिल खोलिएको भन्दै विवाद सुरुपछि शनिबार नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप हुँदा प्रहरीले हवाई फायर गरेको थियो। थप शसस्त्र प्रहरी बल पठाएर झडप नियन्त्रणपछि आईतबार सर्बदलिय बैठकपछि मतगणना सुरु गरिएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै जगन्नाथ गाउँपालिकामा शनिवार बसेको सर्वदलिय बैठकमा ढुंगामुडा पछि बैठक नै रोकिएको थियो। आइतबार पुनः सर्वदलिय बैठक बसेर सुरु गरिएको छ।

बडिमालिका नगरपालिकामा मुख्य निर्वाचन अधिकृत्त नै निर्वाचन अधिकृतका रुपमा रहेकोले जिल्लाका अन्य पालिकाको विवाद समाधान नहुँदा सर्वदलिय बैठक बस्न सकेको थिएन। आइतबार बैठक बसेर मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत्त माधवप्रसाद धिमिरेले बताए।

Center article

त्रिवेणी नगरपालिकामा सर्वदलिय बैठक बसेको र केही समयपछि मतगणना सुरु हुने तयारीमा छ। उता गौमुल गाउँपालिकामा मत गणना सुरु हुन सकेको छैन। बुढीनन्दा नगरपालिकाको ८ नम्बर वडामा पुन मतदान हुने भएकोले मत गणना रोकिएको छ भने बुढीगंगा नगरपालिकामाको बिवाद समाधानको लागि निर्वाचन आयुक्त सगुन सम्शेर जबरा बाजुरा पुगेका छन्।

जिल्लाको २ स्थानीय तहमा भने मतगणना जारी छ। स्वामीकार्तिक खापर गाउँपालिकामा ४ वडाको मत परिणाम आइसकेको र १ वडाको मात्र आउन बाँकी रहेको छ। खप्तड छेडेदह गाउँपालिकाको ३ वडाको मतपरिणाम आइसकेको र ४ वडाको गणना हुन बाँकी रहेको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.