डडेल्धुरा ।
स्थानीय तहको निर्वाचन पश्चात डडेल्धुरामा चुनावको मत परिणाम आउन थालेको छ। जिल्लाका सात वटै स्थानीय तहको नतिजा सार्वजकि हुने क्रम जारी छ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापती शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरामा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अन्त्यधिक बहुमतले निर्वाचित भएका छन्।
काँग्रेसबाट अध्यक्षका उम्मेदवार ईन्द्रबहादुर कार्कीले ३१८४मत प्राप्त गरी विजयी भए। उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले ३०१३ मत प्राप्त गरी निर्वाचित भइन्।
अध्यक्षका अर्का उम्मेदवार काँग्रेस बिपीका सुरेन्द्र बहादुर मालीले १६०५ मत मात्रै प्राप्त गरे भने नेकपा एमालेका इन्द्र महराले १७०३ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृत दिलिप तामाङ्गले जानकारी दिए। गन्यापधुरामा नेकपा एमाले र विपी कांग्रेसले गठबन्धन गरी चुनाव लडेका थिए। गाउँपालिकामा जम्मा ७ हजार मत खसेको उनले बताए।
अहिलेसम्मको मत परिणाम कुन वडामा को विजयी ?
गन्यापधुरा गाउँपालिका : अध्यक्ष इन्द्र कार्की, उपाध्यक्ष ज्ञानु सेठी , १. नरेश भण्डारी, नेपाली काँग्रेस विपी, २. मनोज देउवा, नेपाली काँग्रेस, ३. चक्र देउवा, नेपाली काँग्रेस, ४. नरेश भट्ट, नेपाली काँग्रेस, ५.चन्द्रप्रकाश रोस्यारा, नेपाली काँग्रेस
अमरगढी नगरपालिका : १.लोकबहादुर ऐर, नेपाली काँग्रेस, २. हेमराज पन्त, नेपाली काँग्रेस, ३.तीर्थबहादुर ऐर, नेपाली काँग्रेस
अजयमेरु गाउँपालिका : १. दत्तिसिंह भण्डारी, नेपाली काँग्रेस, ६.हरि भण्डारी, नेपाली काँग्रेस
परशुराम नगरपालिका : १. लालबहादुर धामी, माओवादी केन्द्र, २. रमेश बोहरा, नेपाली काँग्रेस, ३. नरेश खवास, नेपाली काँग्रेस
आलिताल गाउँपालिका : १. यज्ञबहादुर देउवा, नेकपा एमाले, २.प्रमोद मल्ल, नेपाली काँग्रेस, ३. बलबहादुर बुढा, माओवादी केन्द्र, ६.कुम्भर बुढा, नेकपा एमाले, ७.बीरबहादुर बोहरा, माओवादी केन्द्र, ८. धनबहादुर देउवा, नेपाली काँग्रेस
भागेश्वर गाउँपालिका : १. मणिकराज भट्ट, स्वतन्त्र
नवदुर्गा गाउँपालिका : १. शेरबहादुर साउँद, नेपाली काँग्रेस, ३. भक्त कठायत, माओवादी केन्द्र, ५. प्रेमसिंह ऐर, एकीकृत समाजवादी