Khabar Board
Flash logo up side
Nirbachan aayog

धनगढी १ मा काँग्रेसकाे प्यानल नै विजयी

Nirbachan m

धनगढी ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ को अध्यक्षमा सन्तोष मुडभरी विजयी भएका छन्। आइतबार सम्पन्न मतगणनाअनुसार १ हजार १८३ मत ल्याउदै मुडभरी विजयी भएका हुन्।

वडा सदस्यमा पनि नेपाली काँग्रेसकै उम्मेदवार विजयी भएका छन्। दलित महिला सदस्यमा सरस्वती लुहार, महिला सदस्यमा सत्यदेवी जोशी, सदस्यमा धर्मराज उपाध्याय र डम्मरनाथ जोशी विजयी भएका छन्। सत्यदेवी जोशीले १०६२, डम्मरनाथ जोशीले ९८२, धर्मराज उपाध्ययले ९९७ र सरस्वती लुहारले १०२७ मत पाइन्।

वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रबाट यदु सुनार, एमालेबाट ज्ञानेन्द्र मल्ल, एकीकृत समाजवादीबाट लालबहादुर सुनार, राप्रपाबाट विष्णुराज जोशी, स्वतन्त्रबाट रोशन शाही, लक्ष्मण बिक, हिरेन्द्रबहादुर शाह, सामाजिक एकता पार्टीबाट मेलराम डगौरा थारु र जनता समाजवादी पार्टीबाट सिमादेवी सेवाले उम्मेदवारी दिएका थिए।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.