बैतडी ।
राष्ट्रिय युवा संघ नेपाल शिवनाथ गाउँ कमिटीद्वारा आयोजित प्रशिक्षण तथा बैठक मङ्गलबार सम्पन्न भएको छ । आउदो मंसिर ४ गते हुने निवार्चनलाई लक्षित गर्दै राष्ट्रिय युवा संघ नेपालले दश वटै पालिकामा प्रशिक्षण तथा बैठक गरिरहेको छ ।
हिजो सोमबार मात्रै पञ्चेश्वरमा कार्यक्रम गरेको राष्ट्रिय युवा संघले आज मङ्गलबार शिवनाथ गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लोकेन्द्र भण्डारीले जानकारी दिए ।
यस्तै भोलि भाद्र २९ गते मेलौली नगरपालिका र भाद्र ३० गते दशरथचन्द नगरपालिकामा कार्यक्रम गरिने जनाएको छ । स्थानिय तहमा भएका कमीकमजोरीहरूको समीक्षाका साथै आउदै गरेको निर्वाचनको तयारी गर्ने लक्ष्यका साथ राष्ट्रिय युवा संघले प्रशिक्षण तथा बैठक गरिरहेको भण्डारीले बताए ।
शिवनाथ गाउँ कमिटी अध्यक्ष तथा राष्ट्रिय युवा संघ नेपाल बैतडीका जिल्ला अध्यक्ष महेन्द्र चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बैतडी सह(इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथि रहेका थिए भने नेकपा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य रण बहादुर चन्द विशिष्ट अतिथि रहेका थिए ।
यस्तै कार्यक्रममा नेकपा (एमाले) सुप प्रदेश कमिटी सचिवालय सदस्य भरत मडै, हजारी साउद शिवनाथ गाउपालिका ईन्चार्ज दानी राम पहरी, दनपा ईन्चार्ज निर्मल पाण्डेय, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला ईन्चार्ज लोकेन्द्र भण्डारी लगायतको सहभागीता रहेको थियो ।