Khabar Board
Flash logo up side
flash header

बैतडीका दामोदर भण्डारीले लिए मन्त्री पदको शपथ

Nirbachan m

बैतडी ।

बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारीले मन्त्री पदको शपथ लिएका छन् । शितल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा मन्त्री भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष समेत रहेका भण्डारीले मन्त्री पदको शपथ ग्रहण गरेपनि मन्त्रालयको भने टुंगो लागेको छैन् । कार्यभार पछि तोकिने गरेर उनले मन्त्री पदको शपथ ग्रहण गरेका हुन् ।

Center article

मन्त्री भण्डारीसंगै एमालेबाट विष्णु पौडेल, राजेन्द्र राई र ज्वालकुमारी शाहले पनि मन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.