Khabar Board
Flash logo up side
flash header

तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी, कुन-कुनमा लिए स्वर्णिमले अग्रता, कहाँ पछि परे?

Nirbachan m

तनहुँ ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन् ।

वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत् प्राप्त गरेका छन् । मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।

वाग्लेले यसअघि मंसिर ४ मा विजयी उम्मेदवारले भन्दा बढी मत ल्याएका छन् । अन्तिम मतपरिणाम नआई जित सुनिश्चित गरेका वाग्लेले यसअघि निर्वाचित कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले ल्याएको मतभन्दा बढी मत ल्याएका हुन् । मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ-१ मा उपनिर्वाचन भएको हो ।

पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए । त्यस्तै तेस्रो स्थानमा रहेका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विकाश सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । त्यस्तै राप्रपाका उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ मत प्राप्त गरेका थिए ।

यस पटक गोविन्दराज जोशी समूहबाट कोही पनि उम्मेदवार नभएकाले पनि वाग्लेले बढी मत पाएका हुन् । गत चुनावमा पाएको मत कांग्रेस र एमालेले जोगाउन सकेनन् । त्यस्तै २ हजारभन्दा बढी मत ल्याएको राप्रपाले यसपटक ३ सय मत पनि कटाउन सकेन । वाग्लेले तुलनात्मक रूपमा कांग्रेसको भन्दा बढी एमालेबाट मत प्राप्त गरेका छन् ।

कांग्रेसभित्र भावी अर्थमन्त्रीका रूपमा हेरिएका अर्थशास्त्री स्वर्णिम वाग्लेले ‘तीन पुस्ता’ को पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट गत चैत १६ मा मात्र अलग भएको घोषणा गरेका थिए। उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने उद्देश्यका साथ वाग्लेले कांग्रेस छाडेका थिए । रास्वपा सभापति रवि लामिछानेले पनि चुनावी प्रचारप्रसारमा वाग्लेलाई भावी अर्थमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए । वाग्ले आफैं पनि सांसदमा विजयी भए राजनीति संग्ल्याउने र अर्थतन्त्रलाई बलियो बनाउने बताउँदै आएका थिए ।

कुन वडामा कसले कति मत पाए?

आँबुखैरेनी गाउँपालिका-

आँबुखैरेनी-१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत पाएका छन्।

आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत पाएका छन्।

आँबुखैरेनी-३ को २१७३ मतमध्ये वाग्ले एक्लैले १५१५ मत पाएका छन् भने भट्टराईले ४०१ र खनालले १९१ मत ल्याएका छन्।

आँबुखैरेनी-४ को ६९४ मतमध्ये वाग्लेले ३३२, भट्टराईले २३७ र खनालले ८५ मत पाएका छन्।

आँबुखैरेनी-५ मा ५७० मतमध्ये वाग्लेले ३७१, भट्टराईले १४९ र खनालले २८ मत पाएका छन्।

आँबुखैरेनी-६ को ७०४ मतमध्ये वाग्लेले २८१, भट्टराईले २५९ र खनालले १३० मत पाएका छन्।

भानु नगरपालिका-

भानु-१ को १६७६ मतमध्ये स्वर्णिम वाग्लेले १०४४, गोविन्द भट्टराई ३८९ मत पाए र सर्वेन्द्र खनालले १७५ मत पाए।

भानु-२ को १४१४ मतमध्ये स्वर्णिम वाग्लेले ८२३, गोविन्द भट्टराई ३८९ र सर्वेन्द्र खनालले १६३ मत पाए।

भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत पाएका छन्।

भानु-४ मा १६७५ मत खसेको थियो। त्यहाँ रास्वपाका वाग्लले ७५९, कांग्रेसका भट्टराईले ४८२ र एमालेका खनालले ३९४ मत पाएका छन्।

भानु-५ को १५८४ मतमध्ये वाग्लेले ७७६, भट्टराईले ५३१ र खनालले २३७ मत पाएका छन्।

भानु-६ को १४६२ मतमध्ये वाग्लेले ६८४, भट्टराईले ५४९, खनालले १७७ म पाएका छन्।

भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र एमालेका खनालले दुई सय ७० मत पाएका छन्।

भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत पाएका छन्।

भानु-९ को १६८८ मतमध्ये स्वर्णिम वाग्लेले ८१४, सर्वेन्द्र खनालले ३८६ र गोविन्द भट्टराईले ४५६ मत पाए।

भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ एमालेका खनालले तीन सय २९ मत पाएका छन्।

भानु-११ को २०१४ मतमध्ये वाग्लेले १२०२,भट्टराईले ५९३ र खनालले १८३ मत पाएका छन्।

भानु-१२ को १६८७ मतमध्ये स्वर्णिम वाग्लेले ८६०, गोविन्द भट्टराईले ५८८ र सर्वेन्द्र खनालले १८७ मत पाए।

Center article

भानु-१३ मा १४०६ मतमध्ये स्वर्णिम वाग्लेले ७८८, गोविन्द भट्टराईले ४६५ र सर्वेन्द्र खनालले ८४ मत पाए।

देवघाट गाउँपालिका-

देवघाट-१ को ११३८ मतमध्ये स्वर्णिम वाग्लेले २७८, गोविन्द भट्टराईले ३३३ र सर्वेन्द्र खनालले ४९४ मत पाएका छन्।

देवघाट-२ को १०९७ मतमध्ये स्वर्णिम वाग्लेले २०७, गोविन्द भट्टराईले ५८० र सर्वेन्द्र खनालले २८० मत पाएका छन्।

देवघाट-३ को ६४३ मतमध्ये स्वर्णिम वाग्लेले २४९, गोविन्द भट्टराईले ३२२, सर्वेन्द्र खनालले ५४ मत पाएका छन्।

देवघाट- ४ को ६८१ मतमध्ये स्वर्णिम वाग्लेले १६८, गोविन्द भट्टराईले २७२, सर्वेन्द्र खनालले २३० मत पाएका छन्।

देवघाट-५ को २७५८ मतमध्ये स्वर्णिम वाग्लेले १३८६, गोविन्द भट्‍टराई ६९५ र सर्वेन्द्र खनालले ६०५ मत पाए।

बन्दीपुर गाउँपालिका-

बन्दीपुर-१ को २१२९ मध्ये स्वर्णिम वाग्लेले ११३०, गोविन्द भट्टराईले ६५२ र सर्वेन्द्र खनालले ३१५ मत पाएका छन्।

बन्दीपुर-२ को १४०७ मतमध्ये स्वर्णिम वाग्लेले ५५९, गोविन्द भट्टराईले ५८६ र ‍सर्वेन्द्र खनालले २०१ मत पाएका छन्।

बन्दीपुर-३ को ९४५ मतमध्ये स्वर्णिम वाग्लेले ४०४, गोविन्द भट्टराईले ३९० र सर्वेन्द्र खनालले ११८ मत पाए।

बन्दीपुर-४ को १३१३ मतमध्ये स्वर्णिम वाग्लेले ६९०, गोविन्द भट्टराईले ३९२ र सर्वेन्द्र खनालले २०२ मत पाए।

बन्दीपुर-५ को १२५७ मतमध्ये स्वर्णिम वाग्लेले ६३२, गोविन्द भट्टराईले ३५१ र सर्वेन्द्र खनालले १३१ मत पाए।

बन्दीपुर-६ को १०९५ मतमध्ये स्वर्णिम वाग्लेले ४४०, गोविन्द भट्टराईले ३७० र सर्वेन्द्र खनालले २३१ मत पाए।

व्यास नगरपालिका-

व्यास-१ को २९६७ मतमध्ये स्वर्णिम वाग्लेले १९१७, गोविन्द भट्टराईले ८५० र सर्वेन्द्र खनालले १२६ मत पाए।

व्यास-२ को १७३९ मतमध्ये स्वर्णिम वाग्लेले १०७४, गोविन्द भट्टराईले ५५० र सर्वेन्द्र खनालले ७१ मत पाए।

व्यास-३ को ११०० मतमध्ये स्वर्णिम वाग्लेले ७३५, गोविन्द भट्टराईले २८० र सर्वेन्द्र खनालले ६५ मत पाए।

व्यास-४ को १७३३ मतमध्ये स्वर्णिम वाग्लेले ११५३, गोविन्द भट्टराईले ४२४ र सर्वेन्द्र खनालले १२१ मत पाए।

व्यास-७ को १४४१ मतमध्ये स्वर्णिम वाग्लेले ८१५, गोविन्द भट्टराईले ३९७ र सर्वेन्द्र खनालले १९७ मत पाए।

व्यास-८ को १०९६ मतमध्ये स्वर्णिम वाग्लेले ४३७, गोविन्द भट्टराईले ४७० र सर्वेन्द्र खनालले १२० मत पाए।

व्यास-९ को १६७५ मतमध्ये स्वर्णिम वाग्लेले १००८, गोविन्द भट्टराईले ५२८ र सर्वेन्द्र खनालले ७४ मत पाए।

व्यास-१० को २९२८ मतमध्ये स्वर्णिम वाग्लेले १८०५, गोविन्द भट्टराईले ८०८ र सर्वेन्द्र खनालले २२७ मत पाए।

व्यास-११ को ३११५ मतमध्ये स्वर्णिम वाग्लेले १४६३, गोविन्द भट्टराईले १३११ र सर्वेन्द्र खनालले २७७ मत पाए।

व्यास-१२ को १९०९ मतमध्ये स्वर्णिम वाग्लेले ९६४, गोविन्द भट्टराईले ५९४ र सर्वेन्द्र खनालले २९२ मत पाए।

व्यास- १३ को १९०९ मतमध्ये स्वर्णिम वाग्लेले ११६१, गोविन्द भट्टराईले ५१५ र सर्वेन्द्र खनालले ९० मत पाए।

व्यास-१४ को १२२४ मतमध्ये स्वर्णिम वाग्लेले ५३२, गोविन्द भट्टराईले ५६८ र सर्वेन्द्र खनालले ७७ मत पाए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.