धनगढी । राष्ट्रिय जनमोर्चा केन्द्रिय समितीको आयोजनामा अमेरिकी साम्राज्यवाद विरुद्ध मेची महाकाली अभियानको जानकारीका लागि आज धनगढीमा पत्रकार सम्मेलन सम्पन्न भएको छ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्ट प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता राजमो सुदुरपश्चिम प्रदेस समिती अध्यक्ष नन्दराज भट्टले गरेका थिए।
महासचिब भट्टले कार्यक्रममा बोल्दै देसमा अमेरिकी साम्राज्यवाद विभिन्न रुपबाट प्रबेस गरि नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ता माथी आक्रमण गरिरहेको हुदा त्यसको भण्डाफोर गर्नका लागि १५ दिने मेची महाकाली अभियान चलाएको र आम देसभक्त जनतालाई अमेरिकी साम्राज्यवादको प्रबेस र आक्रमणलाई परास्त गर्न अपिल समेत गरेको बताएका छ्न।
कार्यक्रमको उद्घाटन जेठ १ गते कंचनपुरको महेन्द्रनगर बाट हुनेछ भने समापन जेठ १५ काठमाडौमा हुनेछ। जसमा दुई टोलिले नेतृत्वमा रहनेछ।


















