Khabar Board
Flash logo up side
flash header

जिल्ला अस्पताल बैतडीमा निशुल्क शल्यक्रियासहित हाडजोर्नी शिविर सञ्चालन हुने

Nirbachan m

बैतडी ।

जिल्ला अस्पताल बैतडीमा निशुल्क शल्यक्रियासहित हाडजोर्नी शिविर संचाल हुने भएको छ । यही चैत १९ देखि २३ गते सम्म शिविर सञ्चालन हुने जिल्ला अस्पातलले जनाएको छ ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, स्वास्थ्य कार्यालय बैतडी र जिल्ला अस्पातल बैतडीको संयुक्त आयोजना शिविर सञ्चालन हुने जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।

Center article

शिविरमा बरिष्ठ हाडजोर्नी बिशेषज्ञहरुले सेवा दिनेछन् । शिविरमा खुट्टाका पैताला फर्केका, जन्मजात हातखुट्टा बांगिएका, हातमा आगोले पोलेका र हातखुट्टामा अन्य विकृतिजन्य समस्या भएकाहरुको उपचार गरिनेछ । शिविरमा आएर सेवा लिन समेत जिल्ला अस्पतालले आग्रह गरेको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.