हेटौंडा / ज्यान मार्ने उद्योग कसुर मुद्धामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले घरमै लुकी बसेको अवस्थामा पक्राउ गरेको छ।
जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका–१० राप्ती रोडस्थित दास इम्पोरियम कपडा पसलका सञ्चालक ६१ वर्षीय राजा बाबु दास कथवनीयामाथि २०८२ साल जेठ २९ गते दिउँसो करिब १ बजे फलामे रड, काठको बेलना र नक प्रयोग गरी प्रहार गरी घाइते बनाइएको थियो।
घटनापछि फरार रहेका मकवानपुर हेटौंडा
उपमहानगरपालिका–१२ पदमपोखरीका ३८ वर्षीय (वेदराज ) हरी भन्ने बुद्ध मोक्तानलाई खोजतलासकै क्रममा साउन २२ गते राति ११:४० बजे निजकै घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका मोक्तानलाई आवश्यक कारबाहीका लागि मकवानपुर जिल्ला अदालत हेटौंडामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ।















