कैलाशमा हराएका ४६ वर्षीय प्रजा कुलोमा मृत फेला

Image

हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिका–९ स्कुलडाँडाका ४६ वर्षीय विष्णे भनेर चिनिने मानबहादुर प्रजा मृत अवस्थामा फेला परेका छन्।

२०८२ साउन २२ गते बिहान करिब ९ बजे घरबाट आफुखुसी हिँडेका प्रजा परिवार, नातागोता र छिमेकीले खोजतलास गर्दा फेला नपरेपछि प्रहरीसमेत खोजीमा खटिएको थियो।

साउन २५ गते बिहान करिब ९:२५ बजे घरबाट करिब १ किलोमिटर दक्षिणतर्फ मनहरी खोलाबाट पानीघट्ट चलाउनको लागि बनाइएको कुलोमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जनकारी दिनुभएको छ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको अर्यालले जानकारी दिनुभएको छ।