बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठको सम्मानपूर्वक विदाई

Image

हेटौंडा/ मकवानपुरको बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठलाई सोमबार एक कार्यक्रमका बीच सम्मानपूर्वक विदाई गरिएको छ। श्रेष्ठले ३ वर्ष ११ दिनको कार्यअवधि पूरा गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भई जान लाग्नुभएको हो।

श्रेष्ठ २०७९ साउन १६ गते बकैयामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यभार सम्हाल्न आएका थिए। उहाँको स्थानमा झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकाबाट विनोद पोख्रेल बकैया गाउँपालिकामा आउने भएका छन्।

विदाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री, वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।