हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले आज औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ।
गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने र उपाध्यक्ष भक्त बहादुर खत्रीले कार्यकक्षमा आयोजित कार्यक्रममा पोखरेललाई स्वागत गर्दै पदभार ग्रहण गराएका हुन्।
पोखरेल झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकाबाट सरुवा भई बकैया गाउँपालिकामा कार्यभार सम्हाल्न आएका हुन्।
पदभार ग्रहणपछि उहाँले गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

















