हेटौंडा/ मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेका सबै व्यक्तिगत व्यापार तथा व्यवसाय अनिवार्य रूपमा दर्ता र नवीकरण गर्न आग्रह गरेको छ।
गाउँ कार्यपालिकाको २०८२ साउन २७ गतेको बैठक निर्णयअनुसार, हालसम्म दर्ता वा नवीकरण नगरी सञ्चालन भइरहेका व्यवसायहरूले सम्बन्धित वडा कार्यालयमा गएर दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतद्वारा जारी सूचनामा यस कार्यलाई समयमै सम्पन्न गर्न सबै व्यवसायीलाई अनुरोध गरिएको छ। 

















