हेटौंडा/ नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुने गरी निगमले जारी गरेको विज्ञप्तिअनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ वृद्धि गरिएको छ ।
यस्तै, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रति लिटर १ रुपैयाँले कमी गरिएको छ । नयाँ मूल्य आज रातिदेखि लागू हुनेछ ।

















