राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागारमा स्थानान्तरण

Image

हेटौंडा/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रवि लामिछानेलाई आज नख्खु कारागारतर्फ स्थानान्तरण गरिएको छ। उनी यसअघि रुपन्देही कारागारमा बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रहेका थिए।

कारागार व्यवस्थापन विभागको निर्णय अनुसार लामिछानेलाई बुद्ध एयरको विमानमार्फत सिधै त्रिभुवन विमानस्थल हुँदै नख्खु कारागार लगिएको हो। कारागारमा उनको स्वागतमा पार्टीका सांसद, नेता र समर्थकहरू उपस्थित रहे, जसले लामिछानेको पक्षमा नाराबाजी गरेका थिए।

लामिछानेले जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए र अदालतले जेठ १६ गते अनुमति दिएको थियो।