मकवानपुरको लामिडाँडामा ढुङ्गा रुख खस्दा राजमार्ग अवरुद्ध, सडक सुचारु

Image

हेटौंडा/ मकवानपुर भिमफेदी गाउँपालिका–९ लामिडाँडा स्थित त्रिभुवन राजपथ सडकखण्डमा माथिबाट ढुङ्गा सहित रुखहरु खस्दा सडक पुर्ण रुपमा अवरुद्ध भएको हो । घटना भएको जानकारी पाएलगत्तै प्रहरी चौकी भैसेबाट प्रहरी टोली खटिइ सडक विभागसँग समन्वय गरी बाटो खुलाउने कार्य गरिएको हो ।

उक्त स्थान प्रहरी चौकी भैसेबाट करिब २२ किलोमिटर पश्चिम–उत्तरमा पर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले बताएअनुसार अवरुद्ध सडक आज शनिबार दिउँसो २:३० बजेपछि पुनः सुचारु गरिएको छ ।