रातोमाटे चेकपोइन्टमा १२५ किलो गाँजा बरामद, चालक नियन्त्रणमा

Image

हेटौंडा / मकवानपुर प्रहरीले ठूलो परिमाणको गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले २०८२।०४।३१ गते बिहान करिब ८ः१५ बजे हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा चेकजाँच गर्ने क्रममा मनहरीबाट जितपुरतर्फ जाँदै गरेको बा.२१ च ३०८५ नम्बरको योद्धा पिकअप गाडी रोकेर चालकलाई नियन्त्रणमा लिएको हो ।

धादिङ गल्दी गाउँपालिका–८ बस्ने ३१ वर्षीय रामबहादुर तामाङले चलाइरहेको उक्त गाडीको पछाडि भागमा लुकाइछिपाइ ल्याइएको अवस्थामा ११ वटा पोका सहित १२५ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ ।

बरामद लागूऔषध सहित तामाङलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमति लिइ लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिनुभयो ।