राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा कार्यालय हुप्रचौरमा स्थानान्तरण

Image

हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ नगरपालिका रोडमा सञ्चालन हुँदै आएको राष्ट्रिय परीक्षा बोर्डको कार्यालय हेटौंडा–४ हुप्रचौरमा स्थानान्तरण गरिएको छ । १ भदौ २०८२ देखि नयाँ स्थानबाट सेवा प्रवाह सुरु भएको बोर्डका प्रमुख बद्री बहादुर पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वस्थित कार्यालय साँघुरो भई सेवा प्रवाहमा समस्या देखिएकाले हुप्रचौर (मित्रनगर) स्थित कर्मचारी सञ्चय कोष कार्यालयको अगाडिको घरमा कार्यालय सारिएको हो । हाल नयाँ स्थानबाटै सेवा प्रवाह भईरहेको पनि प्रमुख पाठकले बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा कार्यालयले बागमती प्रदेशका मकवानपुर, चितवन र मधेश प्रदेशका बारा, पर्सा तथा रौतहट जिल्लाका परीक्षार्थीलाई सेवा उपलब्ध गराउँदै आएको छ ।