हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्क क्षेत्रबाट भन्सार छली ल्याइएका चाँदीका गरगहना सहित एक जना पक्राउ परेका छन्।
मंगलबार राति करिब ९ः३० बजे विशेष सूचनाको आधारमा प्रहरीले गरेको चेकजाँचमा भारत मोतीहारी जिल्ला घर भएका ५२ वर्षीय चाँदीलाल साहलाई नियन्त्रणमा लिइएको हो। उनको झोलामा चाँदीको जस्तो देखिने धातुबाट बनेका गरगहना फेला परेको प्रहरीले जनाएको छ।
मकवानपुर सुनचाँदी व्यवसायी संघमार्फत गरिएको परीक्षणमा बरामद गरगहना चाँदीकै रहेको पुष्टि भएको छ। बरामद चाँदीको बजार मूल्य करिब १ लाख ५८ हजार ३३२ रुपैयाँ बराबर हुने बताइएको छ।
बरामद चाँदीसहित साहलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।
हेटौंडा बसपार्कबाट भन्सार छली ल्याइएको चाँदीसहित भारतीय नागरिक पक्राउ

नयाँ प्रकाशित
# ट्रेण्डिङ
















