मकवानपुर मनहरीमा चट्याङ लाग्दा १ को मृत्यु, ७ घाइते

Image

हेटौंडा / २०८२।०५।०३ गते साँझ ४:२० बजे मकवानपुर मनहरी गाउँपालिका–६ हाङलाङ स्थित पाल बहादुर घलानको घरमा किरियाको कामकाजको लागि पुगेका अन्दाजी ४२ बर्षका बिसाल ब्लोन लाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको छ।

घटनामा ७ जना घाइते भएका छन्। घटनाको खबर पाएपछि प्र.चौ सुनाचुरी मकवानपुरबाट प्र.स.नि जित बहादुर शिवभक्ती को कमाण्डमा प्रहरी टोली खटिएको थियो। घाइतेहरूलाई उपचारको लागि मनहरी अस्पताल, मकवानपुर पठाइएको र घटनास्थललाई सुरक्षित राखिएको थियो। कानुनी प्रक्रिया अगाडि बढाउन इ.प्र.का. मनहरी मकवानपुरबाट प्र.नि. विशाल सापकोटा को कमाण्डमा टोली खटिएको छ।

घाइतेहरूको विवरण:
१. बर्ष १२ की बर्षा घलान, टाउको दुखाइ, सामान्य अवस्था।
२. बर्ष १२ को सुजन घलान, टाउको दुखाइ, सामान्य अवस्था।
३. बर्ष १६ को सन्तोष घलान, आखा दुखाइ, सामान्य अवस्था।
४. बर्ष ३८ की शान्ति तितुङ, बाँया खुट्टामा सामान्य चोट।
५. बर्ष ३४ का प्रेम ब. घलान, दाहिने हातमा सामान्य चोट।
६. बर्ष ३७ का राज कुमार घलान, बाँया हातमा सामान्य चोट।
७. बर्ष ४७ का पान ब. मोक्तान, बाँया हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए अनुसार सबै घाइतेहरूको अवस्था स्थिर रहेको र उपचार भइरहेको छ।