चट्याङ पीडितलाई गाउँपालिका अध्यक्ष कालाखेतीद्वारा निःशुल्क उपचार र तत्काल सहयोग प्रदान

Image

हेटौंडा / मनहरी गाउँपालिका–६ हाङलाङमा चट्याङ लागी ज्यान गुमाउने र घाइते हुने घटनापछि मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती स्वयं अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभयो। उहाँले सबै घाइतेको उपचार निःशुल्क गरिने र पीडित परिवारलाई तत्काल सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो।

अध्यक्ष कालाखेतीले घटनामा परी घाइते भएकी दुई वर्षीया सारा घलानको परिवारलाई व्यक्तिगत रूपमा नगद १० हजार रुपैयाँ सहयोग समेत गर्नुभएको छ।

शोकमा डुबेका परिवारले किरियाको अन्तिम दिनमै अर्को सदस्य गुमाउनुपरेपछि गाउँभर शोकाकुल वातावरण छाएको छ। मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा लैजाने तयारी भइरहेको अध्यक्ष कालाखेतीले जानकारी दिनुभयो।