हेटौंडा / नेकपा एमालेको भातृ संगठन युवा संघ मकवानपुरले भदौ ५ गते हेटौंडा–१० हुप्रचौरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
संघका अध्यक्ष राजेश नगरकोटीका अनुसार रगत अभावका कारण जीवन संकटमा परेका बिरामीलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो । उनले भने, “विहिबार बिहान ६ः३० बजे सुरु हुने कार्यक्रमलाई सफल पार्न मानवता प्रेमी सबैलाई सहभागी हुन अनुरोध गर्दछौं।”
नगरकोटीले एमालेले विगतमा पनि विभिन्न समयमा परिस्थिति अनुसार युवा शक्ति परिचालन गरी सामाजिक कार्यक्रम गर्दै आएको स्मरण गर्दै अहिले स्वास्थ्य केन्द्रहरूमा देखिएको रगत अभावलाई मध्यनजर गरी रक्तदान अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

















